१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्ट पार्टीहरुलाई भीम रावलको कटाक्ष, ‘सधैँ सत्ता केन्द्रित भइरहने ?’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा हिजो (शनिबार) आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भइरहँदा संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रुपरेखा समेत नदिएको बताए । 

उनले भने, ‘कतिपय कम्युनिष्ट पार्टीहरुले देशको स्वाधीनताको रक्षा गर्ने भन्ने आज के भएको छ ? दुई तिहाइको सरकार बने, कम्युनिष्ट पार्टी बने, यत्रो छलफल २४ औँ घण्टा बाह्रैमास सत्ता सत्ता सत्ता । बुद्धचित्तको माला जस्तै त्यो बाहेक खै छलफल ? समाजवादी व्यवस्था ल्याउन कुनै पहल व्यवस्था गर्न त पर जाओस्, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रुप रेखा समेत नदिने ?’

उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुन बमोजिम दण्डीत गर्ने भनेको भए तापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको पनि उनले बताए । काम गर्न नसक्नेलाई पत्याउने आधार कमजोर बनेको उनको जिकिर छ । 

वर्तमान सत्ता गठबन्धनमा तीन कम्युनिष्ट पार्टीहरु छन् । माओवादी, एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेपछि हालै काँग्रेस सत्ताबाट बाहिरिएको हो । एमालेमै फरक मतका नेता मानिने रावलले कुनै पनि दलको नाम नलिइ बामपन्थी दलहरुलाई सत्तालिप्सा नघट्दा काम गराइ इमानदार हुन नसकेको भन्दै कटाक्ष गरे । 

उनले भने,‘राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुनबमोजिम दण्डीत गर्ने भनेको छौँ । प्रधानमन्त्रीले त्यो कानुन किन ल्याएको ? त्यति त नगर्नेले कम्युनिष्ट पार्टीको बाटो पछ्याइरहन्छ र अनि उसले चाहिँ कम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।’

दलहरुले आफूलाई कम्युनिष्ट भनिरहँदा कम्युनिष्ट जसरी साख जोगाउने काम गर्न नसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस