काठमाडौँ । लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले अन्दाजी ५ लाख मूल्य बराबरको उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत-८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही जिल्ला कदुभिट्टा ग्राम पञ्चायत-२ निवासी २६ वर्षीय मस्ताहक आलम रहेको सशस्त्र प्रहरी नेपाल २ नम्बर गण झापाले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाको टोलीले बुधवार झापा गाउँपालिका १ सितुमारी कार्की चौकबाट भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका उनीहरूलाई पक्राउ गरेको हो।