काठमाडौँ । विशेष अदालतबाट सफाई पाएका सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ ।
करिव ७ करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पत्नी रुवी जिसी विष्टसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले अदालतमा मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले १६ श्रावण २०८० मंगलबार सफाई दिएको थियो ।







