९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी पीडितलाई तत्काल राहत दिन काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

यस्तै आगलागी प्रभावित जिल्लाका नेपाली काँग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउन समेत देउवाले निर्देशन दिएका छन् ।

देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरूमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौँ व्यक्ति घाइते, सयौँ चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रूपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन् भने  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस