२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यो प्रचलित मूल्यको आकार हो । गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो ।

नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.८७ प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) हुने प्रक्षेपण तथ्याङ्क कार्यालयको छ । चालू आर्थिक वर्षको छदेखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आँकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर हासिल हुने अनुमान गरिएको हो ।

एसियाली विकास बैंकले (एडिबी) यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र विश्व बैंकले ३.३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए । तथ्याङ्क कार्यालयले आर्थिक क्रियाकलापलाई १८ भागमा विभाजन गरेर अर्थतन्त्रको मापन गर्ने गरेको छ ।

यस्तै, नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुगेको अनुमान गरिएको छ ।