८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी बन्दै हेटौँडाको न्यायिक समिति, नौ महिनामा १२७ उजुरी मिलापत्र

अ+ अ-

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले सानातिना विवाद मेलमिलापका माध्यमबाट समाधान गर्न थालेपछि स-साना मुद्दामा अदालत नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्धविच्छेद, जग्गा विवाद, घर भाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायतका विवाद मेलमिलापमार्फत् समाधान गर्ने जिम्मेवारी दिइएको छ ।

उपमहानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएका छन् । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण, लेनदेन, बालीनाली नोक्सानी, घर भाडा, ज्याला-मजदुरी सम्बन्धमा आउने गरेको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिका अभिलेख प्रशासक सुजन तिमिल्सिनाले जानकारी दिए । न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम गरिरहेको तिमिल्सिनाले बताए ।

उनका अनुसार उपमहानगरको न्यायिक समितिमा आर्थिक वर्ष २०८०-८१ मा दुई वटा नयाँ उजुरी दर्ता भएको छ । सो अवधिमा न्यायिक समितिले नयाँ दर्ता भएको र पुरानो गरी एक सय पाँच वटा मुद्दा फर्छ्यौट गरेको उनको भनाइ छ ।

उपमहानगरपालिकामा गत आव २०७४-७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ । उपमहानगरको न्यायिक समितिमा आव २०७४-७५ देखि हालसम्म एक हजार सात वटा उजुरी दर्ता भएका छन् । दर्ता भएकामध्ये छ सय उजुरीको छिनोफानो भइरहेको न्यायिक समितिले जनाएको छ । बाँकी उजुरीमा समेत न्यायिक समितिमा छलफल भइरहेको तिमिल्सिनाले बताए ।

न्यायिक समितिले अघिल्लो आव २०७९-८० मा एक सय २७ वटा उजुरीमा मिलापत्र गराएको थियो । सो आवमा नयाँ दर्ता भएका दुई सय ६१ र पुरानो सरेर आएका चार गरी दुई सय ६५ उजुरीमध्ये एक सय २७ उजुरीको मिलापत्र गराइएको उनको भनाइ छ । उनका अनुसार सो आवमा २५ वटा उजुरी अदालत जान सुनाइएको र पाँच जना विपक्षी अदालत गएका छन् ।

न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवाद, लेनदेन, मानाचामल, ज्याला-मजदुरीसम्बन्धी रहेको उनको भनाइ छ । “अहिले हाम्रो न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेको छ”, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बानियाँले भने, “तीमध्ये हामीलाई कानुनले तोकिदिएको सूचीका आधारमा उजुरी लिने गरेका छौँ ।” दर्ता भएका उजुरीको अध्ययन गरी सम्बन्धित पक्षबीच मेलमिलाप गराई निर्णय गर्ने गरेको उनको कथन छ ।

स्थानीय सरकारको ऐनमा भएका यस्ता मुद्दा जनप्रतिनिधिले हेर्दा उचित हुन्छ भनेर पालिकामा न्यायिक समितिको व्यवस्था गरिएको अधिवक्ता प्रमोद चौधरीले बताए । मेलमिलाप गराउँदै समाजका विवाद अन्त्य गर्ने मुख्य लक्ष्यका साथ गठन गरिएको न्यायिक समितिले इजलाससँगै मेलमिलाप कक्षसमेत निर्माण गरेको छ । न्यायिक समितिको प्रभावकारिता बढेसँगै सानो विवादमा पनि अदालत नै जाने प्रवृत्तिमा बिस्तारै कमी आउन थालेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बताए ।

“पहिला गाई भैँसीले बालीनालीमा नोक्सानी गरेको होस् वा घर खाली गराउनेसम्बन्धी होस् सबै मुद्दामा प्रहरी वा अदालत नै पुग्थ्यो”, उनले भने, “तर न्यायिक समिति सक्रिय भएर विवाद समाधान गर्न थालेपछि सामान्य विवादमा अदालत नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।” स्थानीय विवाद समाधानका लागि न्यायिक समितिको भूमिका अत्यन्तै महत्त्वपूर्ण देखिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस