२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम एमालेले भन्यो-सल्लाह नगरी मुख्यमन्त्रीले विश्वास मत लिन खोज्नुभयो, हामी आज दिन्नौ

अ+ अ-

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन् ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ ।

‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन किन हतार गर्नु’, उनले भने ।

यसअघि नै मुख्यमन्त्री सोडारीले आज ५ बजे विश्वासको मत लिन संसद् आह्वान गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । आज प्रदेश सभा बोलाउने भन्दै बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको थियो । त्यो बैठक पनि बस्न सकेन ।

एमाले संसदीय दलका नेता रावलले व्यक्तिगत रूपमा हतारो गरेर बिना परामर्श विश्वासको मत लिन हतार गरेको बताए ।

‘समय छ । किन हतार गर्नुपर्‍यो’, उनले भने, ‘मिति तोक्ने कुरामा हतार गर्नु भयो । छिटो चाहियो भनेर हुन्छ ? एमालेले आफ्नो दृष्टिकोण बनाउन समय लाग्छ । आज कोर्स करेक्सन गर्नुहुन्छ समय आएपछि विश्वासको मत लिनुहुन्छ ।’