डालास (अमेरिका) । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी-२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रङ्गशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो ।
तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो ।
नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।