काठमाडौँ । आज बिहानै एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् ।
पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको छ ।
खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण)गर्न नसकेर लासा डाइर्भट गरिएको हो।
अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाइ छ ।