काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेका छन् ।
बङ्गलादेशका प्रधान न्यायाधीश अब्दुल हसानको निमन्त्रणमा श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् ।
प्रधान न्यायाधीश श्रेष्ठले ढाकामा हुने न्याय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रधान न्यायाधीशको भ्रमण दलमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल सहभागी छन् ।







