२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण सामाग्रीहरू सडकमा नराखी उपयुक्त स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन

अ+ अ-

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वीलोकमार्गको दायाँ-बायाँ वा जथाभाबी रूपमा निर्माण सामाग्रीहरू नराखी अन्य सुरक्षित र उपयुक्त स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सडक फराकिलो बनाउनका लागि भइरहेको काम अस्तव्यस्त हुँदा यात्रुले पाइरहेको सास्तीलाई कम गर्न प्रशासनले स्तरोन्नति कार्यसँग सम्बन्धित सडक आयोजना कार्यालय तथा निर्माण व्यवसायी एवं जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, राजमार्ग सुरक्षा वेशलाई यस्तो निर्देशन दिएको हो । अधिक सवारी चापका कारण सधैँ व्यस्त रहने उक्त सडकमा स्तरोन्नति कार्य भइरहँदा सवारी जाम, सडक दुर्घटनालगायतका समस्याहरूलाई न्यूनीकरण गर्न र राजमार्ग सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रशासनले निर्देशन दिएको हो ।

देशको राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको पृथ्वीलोकमार्गको सडक स्तरोन्नति कार्य भइरहेको छ । सडक स्तरोन्नतिमा संलग्न निर्माण व्यवसायीले सवारी दुर्घटनाका दृष्टिले उच्च जोखिमयुक्त खण्डमा स्तरोन्नति कार्य गर्दा सकभर सवारी चाप कम हुने समयमा गर्ने व्यवस्था मिलाउन भनिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार राजमार्ग सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी तथा नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको, जथाभाबी ओभरटेक गरेको र लेन अनुशासन उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यसै गरी सडक आसपासका स्थानीय नागरिकहरूले लोक मार्गको राइट अफ वे भित्र कुनै पनि निर्माण सामाग्री वा अन्य कुनै किसिमका सामानहरू नराखी लोकमार्गमा सहज आवागमनमा सहयोग गर्न प्रशासनले भनेको छ । यात्रुहरूले समेत चालकलाई तीव्र गतिमा सवारी चलाउन, जथाभाबी ओभरटेक गर्न, जोखिमयुक्त सडक खण्डमा सवारी रोकी यात्रु चढाउने र ओराल्ने जस्ता कार्यहरू गर्न निरुत्साहित गर्न र सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा, अस्वाभाविक रूपमा तीव्र गतिमा चलाएमा वा लेन अनुशासन उल्लङ्घन गरी सवारी चलाएमा सम्बन्धित सवारी साधनका यात्रुहरूले नजिकको सुरक्षाकर्मी वा सुरक्षा युनिटलाई जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

बाटो जाम भएको बेला लेन अनुशासन तोडी जथाभाबी ओभरटेक गर्ने सवारी चालकलाई प्रहरीले कानून बमोजिम कडा कारबाही गरिने, लेन अनुशासन तोडी यात्रुवाहक चालक कारबाहीमा परेको अवस्थामा यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को वैकल्पिक व्यवस्था गर्न पर्दा लाग्ने खर्चको जिम्मेवारी सम्बन्धित सवारी चालकको हुने व्यवस्था मिलाउन पनि प्रशासनले भनेको छ । बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनलाई सुरक्षाकर्मीले समन्वय गरेर सहज ढंगले चलाउने व्यवस्था मिलाउन र राजमार्गको जामको अवस्थाबारे हरेक घण्टा सूचना अद्यावधिक गरिने भएको हुँदा जिल्ला प्रहरी कार्यालय धादिङको सूचना अधिकारीको टेलिफोन नं. ९८५१२२९८६० मा फोन गरी आफ्नो यात्रा तय गर्न प्रशासनले आग्रह गरेको छ ।