७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा खेलकुद मन्त्रीको खोजी, मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको खोजी भएको छ । युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्री अनुपस्थित रहेपछि उनको खोजी भएको हो ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै सम्बन्धित मन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका हुन् । खेलकुद मन्त्री अनुपस्थित रहेपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाइएको छ । सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची नै हटाइदिएका हुन् ।

‘माननीय सदस्यहरू आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकहरुमाथिको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउँछु’ सभामुख घिमिरेले भने । त्यसपछि बाँकी मन्त्रालयगत बजेटमाथि छलफल अगाडि बढ्यो ।

मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । बाँकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस