१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमणबारे सरकारले सदनलाई जानकारी नगराएकोमा सरकारसँग काँग्रेसले जवाफ माग गरेको हो । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएकोमा धन्यवाद व्यक्त गरेको छ  । तर, दाहालले भारत भ्रमणबारे सदनमा जानकारी नगराएको प्रति भने उनले त्यसलाई सदनको दुर्भाग्य भनेर आलोचना गरे । 

दाहालले भ्रमणबाट फर्किएको पाँच दिनसम्म पनि सदनलाई जानकारी नगराएको प्रति जवाफ माग गर्दै नेता लेखकले भने, ‘प्रधानमन्त्रीजी यो सदनमा उपस्थित भएर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुहोला र सदनले पनि थाहा पाउला भनेर हामी पाँच दिनसम्म कुरेर बसेका थियौं । तर, उहाँ पाँच दिन भैसक्दा पनि आउन सक्नु भएन, मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो ।’ लेखकले भने, ‘प्रधानमन्त्री यो सदनको नेता हो । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ?’

देशका कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति जस्तो व्यक्ति विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी नगराउनु दुर्भाग्य भएको सांसद लेखको भनाई छ । 

नेता लेखकले भने, ‘सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति काँग्रेस खेद व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस