२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

अ+ अ-

काठमाडौँ । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् ।

बुधबार अन्तरराष्टिय« लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भएपनि प्रहरी र गृहमन्त्रालयमा समेत लागू औषध नियन्त्रण शाखा नरहेको बताएका हुन् ।

लामो समयदेखि सुधार केन्द्र समेत संचालन गर्दै आएका कुँवरले लागू औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताए । उनले भने, लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ । तर, वास्तवमा त्यस्तो होइन । लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ । त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुसेन । मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ ।

यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ । लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ । लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाँहि छैन । प्रहरी पनि लागू औषध खायो बेच्यो भने मात्र आउँछ । यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन । अरु त छोड्नुस् प्रहरी चौकीमा लागूऔषध रोकथाम शाखाहरु छैनन् । गृह मन्त्रालयमा पनि लागूऔषध रोकथाम शाखा छैन ।’

नेपाल प्रहरीले लागू औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताए ।