काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका-३ बीचबजारमा अज्ञात व्यक्तिले कारमा शंकास्पद वस्तु फेला परेको छ ।
सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।
आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश राखेर गएको र ती व्यक्तिको पहिचान हुन नसकेको प्रजिअ पाण्डेले बताए । प्रजिअ पोण्डेका अनुसार नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा बोलाइएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
उनका अनुसार, थप अनुसन्धान भइरहेको छ ।