२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसद्वारा विपद् प्रतिकार्यका लागि स्वयंसेवक परिचालन

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

यस वर्ष अत्याधिक वर्षा हुने मौसमविद्हरूको पूर्वानुमानसँगै रेडक्रसले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ७७ वटै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाएको हो ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारीका कामहरू पनि अघि बढाइएको बताए । रेडक्रसले विपद् पूर्वतयारी स्वरूप मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ ।

उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए । त्यस्तै, लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरूमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरू प्रदान गरिसकेको उनले बताए ।