काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले सूचना जारी गर्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना







