काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
कार्यालयले आ.व. २०७५र०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।










