२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिका सहसचिवहरूको विदेश मोह, एक वर्षमै एउटै सहसचिव नौ पटकसम्म उडे

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकांश कर्मचारीहरूमा विदेश मोह देखिएको छ । कर्मचारीमध्ये सहसचिवहरू धेरै पटक विदेश भ्रमण गर्नेमा पर्दछन् ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार एक आर्थिक वर्षमा एउटै कर्मचारी नौ पटकसम्म विदेश उडेका छन् । योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव सञ्जीव कुमार कर्ण नौ पटक विदेश गएका छन् । अन्तर्राष्ट्रिय स्तरको तालिम र भ्रमणका लागि उनी भारत, कोरिया, इटाली, फिलिपिन्स, कम्बोडिया, बङ्गलादेश, थाइल्याण्ड, सेनेगल लगायतका देशमा गएका हुन् ।

पटक पटकको विदेश भ्रमणका कारण कर्मचारीहरू आफ्नो कार्यकक्षमा नभेटिने गरेको गुनासो धेरै नै आउने गर्दछ । जसका कारण कृषि प्रधान देश भनिए पनि कृषिमा देशले तरक्की गर्न सकिरहेको छैन । कर्ण मात्र होइन, मन्त्रालयका अन्य सहसचिवहरू पनि पटक पटक विदेश भ्रमणमा गएको पाइएको छ ।

मन्त्रालयले प्रशासनलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव सवनम शिवाकोटी अर्याल पाँच पटक विदेश गएकी छन् । भारत, इटाली, स्वीजरल्याण्ड र कोरिया तालिम तथा भ्रमणका लागि उनी गएकी हुन् ।

कृषि विकास महाशाखाका सहसचिव डा. रामकृष्ण श्रेष्ठ चार पटक विदेश भ्रमणमा गएका छन् । अन्तर्राष्ट्रिय स्तरको तालिम र भ्रमणका लागि उनी भारत, बङ्गलादेश र दुबइ गएका हुन् । 

यसैगरी अहिले खाद्य सुरक्षा तथा प्रविधि महाशाखामा रहेका सहसचिव डा. हरि बहादुर के.सी. पाँच पटक विदेश गएका छन् । उनी उच्च तहको भ्रमण र तालिममा सहभागी हुन भारत, बङ्गलादेश, फिलिपिन्स, कम्बोडिया गएका हुन् । उनी कृषि विभागको महानिर्देशक हुँदा पनि धेरै पटक विदेश भ्रमणमा गएको मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ ।

पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव डा. सूर्य प्रसाद पौडेल पनि दुई पटक विदेश गएका छन् । उनी सम्मेलन र बैठकमा भाग लिन थाइल्याण्ड र ब्राजिल गएका हुन् ।  पशु स्वास्थ्य महाशाखाकी सहसचिव डा. सम्झना कुमारी काफ्ले कोरियामा भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भएकी थिइन् ।

धेरै पटक विदेश भ्रमण गर्नेमा सहसचिव मदन भुजेल पनि पर्दछन् । उनी छ पटक विदेश गएका छन् । सहसचिव भुजेल सरकारी स्तरको कार्यक्रम र भ्रमणका लागि भारत, भियतनाम, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स गएका हुन् ।

सहसचिव डा. उमेश दाहाल पनि छ पटक विदेश गएका छन् । उनी भारत, चीन, बङ्गलादेश, फ्रान्स गएका हुन् । सहसचिव सरिता गौतम कम्बोडिया र चीन गएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ । 

कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसारमा सहसचिव डा. शर्मिला चापागाईँ अस्ट्रेलिया, सहसचिव डा. नम्रता सिंह फिलिपिन्स, सहसचिव वासुदेव रेग्मी भारत, सहसचिव भोजराज सापकोटा बङ्गलादेश, सहसचिव डा. माधव प्रसाद अर्याल कम्बोडिया, सहसचिव खोमराज कोइराला थाइल्यान्ड, सहसचिव नमराज घिमिरे कम्बोडिया गएको उल्लेख छ । कर्मचारीहरू अन्तर्राष्ट्रिय स्तरको तालिम र भ्रमणका लागि विदेश गएको मन्त्रालयले जनाएको छ ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य रोम र भुटान गरी दुई पटक भ्रमण गएकी छन् भने उपमहानिर्देशक सोमकान्त रिजाल पनि दुई पटक विदेश भ्रमण गएका छन् । 

असार दोस्रो साता देशले धान दिवस मनाउने तयारी गरी रहँदा कृषि मन्त्रालयका अधिकांश कर्मचारीहरूको कार्यकक्ष खाली थियो । 

तीन वटा महाशाखाका प्रमुखसमेत केही कर्मचारीहरू विदेश भ्रमणमा थिए भने केही कर्मचारीहरूले बिदा लिएर लोक सेवा आयोगको तयारीमा थिए । मन्त्रालयमा ११ जना कर्मचारी एकै पटक बिदामा थिए भने आधा दर्जन बढी कर्मचारी विदेश भ्रमणमा थिए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. दीपक कुमार खरालले भने, ‘लोक सेवाको परीक्षा दिने कर्मचारीलाई नदेऊ भन्न सकिएन । माथिल्लो पदमा जाने र क्षमतावान् बन्छु भन्नेलाई पनि रोक्नु भएन । अर्को क्षमता विकासका लागि वैदेशिक तर्फका तालिममा पनि नपठाउने कुरा भएन ।’

कर्मचारी समायोजनको विषय मन्त्रालयले ६ वर्ष हुन लाग्दा समेत टुङ्ग्याउन सकेको छैन । जसका कारण संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको वृत्ति विकास रोकिएको छ । 

नीतिगत तहमा महत्त्वपूर्ण भूमिकामा रहेका सहसचिवहरूको विदेश भ्रमण मोहका कारण कृषि मन्त्रालय झन् पछि झन् भद्रगोल बन्दै गएको छ । मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम समयमा नहुँदा कर्मचारीहरूले पटकपटक आन्दोलन गर्ने गरेका छन् भने किसानले पनि समयमा मल र बिउ नपाएर सास्ती खेप्नु परेको छ ।

उसै त अनुदानका नाममा बदनामित कृषि तथा पशुपन्छी मन्त्रालय अब विदेश भ्रमण मोहमा चुर्लुम्मै डुबी दिँदा कर्मचारी नागरिकलाई सेवा प्रवाह गर्नका लागि कि आफ्नो मस्तीका लागि ? भन्ने प्रश्न उब्जिएको छ ।