२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्वराज्यमन्त्री रायको हत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको छ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका-१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधि सभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले घटना हुनुअघि घरमा आएका तीन जना शङ्कास्पद व्यक्तिहरूको खोजी भइरहेको बताए ।

‘उहाँको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ’, उनले भने, ‘घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय रामउजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०र४५ उमेरका तीन जना व्यक्तिहरू आएको र जग्गाको कुरा कहिले मिलाइदिने भनेको भनेका छन् ।’

त्यसपछि रामचन्द्रले आफूलाई ‘सुत्न जा’ भनेको उनले प्रहरीसँग बताएका छन् । ती व्यक्तिहरू राति १ बजेतिर आएको गृहमन्त्री लेखकले भनेका छन् । रामउजैनले आफू राति शौचालय जान फर्किएर आउँदा पूर्वराज्यमन्त्री रायलाई मृत अवस्थामा देखेको भनेका छन् ।

‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा राखिएको छ’, उनले भने, ‘तीन जना फरारको खोजतलास जारी छ ।’ घटनास्थलदेखि करिब २०–२५ मिटरको दुरीमा रहेको बाँसको झ्यांगमा हत्यामा प्रयोग भएको हतियार पनि फेला परेको लेखकले भनेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।