काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः ताजगीकरण गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको बताए ।
खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको उनले बताए ।
दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।
भेटमा रुसी खेलाडीले खेलमा नेपाल पनि कमजोर नभएको इतिहास भएको कुरा गर्दा आफूलाई खुसी लागेको प्रधानमन्त्री ओलीले बताए ।
त्यसबारे जानकारी दिँदै भनेका छन्, ‘मैले पनि दोस्रो पटक आफ्नो मिर्गौला प्रत्यारोपण रुसमा पढेर आएका रुसका ज्वाइँ नेपाली डाक्टरले गरेको कुरा सुनाएँ ।’