२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध सेवनगरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । लागुऔषध सेवनगरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार बेलुका काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

भूपेन्द्र श्रेष्ठले लागुऔषध प्रयोग गरी लापर्वाहीपूर्वक चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदलयात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।  

श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौँ बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र  काठमाडौँ बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन्।