२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराही-रक्षा चौर सडक ३५ वर्षदेखि अधुरो

अ+ अ-

दाङ । जिल्लाको मुख्य बजार घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही-रक्षा चौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । 

करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही-तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।  

सडक कालोपत्र गर्न पटक पटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर-४ का दोलकबहादुर खत्रीले बताए । “सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ”, उनले भने “सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।” 

“सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनः नयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ”, तुलसीपुर-४ का वडाध्यक्ष तुलसी थापाले भने । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उहाँले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।

सडक निर्माणका लागि आफूले पटक पटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताए । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षा चौर जोड्ने सडकको ट्रयाक खोल्ने काम पुरा भए पनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

घोराही-रक्षा चौर खण्डको कौवाखोली-कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । 

घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् ।