काठमाडौँ । हेटौँडाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-१ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छन् । उनले ५२ वर्षको उमेरमा कक्षा १२ पास गरेका हुन् ।
वडाध्यक्ष खनालले २.४१ जिपिए प्राप्त गरेका छन् । यसभन्दा अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा उनले २.५३ जिपिए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए । खनालले निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिएका थिए ।
राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले दुई वर्ष अघि पढाइलाई निरन्तरता दिने बताएका थिए ।