९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार दिने प्रस्ताव

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा स्वास्थ्य बीमाको दायरालाई बढाउने प्रस्ताव गरेका छन् ।

स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् ।

सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘आम्दानीको आधारमा प्रिमियम र सह-भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।’

त्यस्तैगरी उनले सरकारले सञ्चालन गरिरहेको निःशुल्क र सहुलियतका कार्यक्रमलाई बीमासँगै जोडेर लैजाने बताए । बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब लाग्ने भन्दै त्यसको स्रोत सुनिश्चिता केही योजना प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस