९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाका राष्ट्रपति उम्मेदवारहरूमाथि साइबर आक्रमणको प्रयास भएको खुलासा

अ+ अ-

काठमाडौँ । आगामी नोभेम्बरमा हुने अमेरिकाका राष्ट्रपतिको निर्वाचनमा डेमोक्य्राट र रिपब्लिकन दुवै दलका उम्मेदवारहरूको निर्वाचन अभियानमा साइबर आक्रमणको प्रयास भइरहेको खुलासा भएको छ ।

डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई), संघीय अनुसन्धान ब्युरो (एफबीआई) र साइबर सुरक्षासम्बन्धी एजेन्सी (सीआईएसए)ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस पटकको आक्रमण प्रयासका लागि इरानलाई जिम्मेवार बताएका छन् ।

डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिशलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गर्न सम्मेलन हुने पूर्वसन्ध्यामा उक्त विज्ञप्ति सार्वजनिक भएको थियो ।

इरानसँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थाले ह्यारिस र ट्रम्पका निर्वाचन अभियानहरूमा साइबर आक्रमणको प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । साथै, विभिन्न प्लाटफर्म प्रयोग गरेर अमेरिकी लोकतान्त्रिक संस्थाहरूमाथिको विश्वास घटाउने र एक आपसको विवादलाई भड्काउने काममा लागेको अमेरिकी सरकारको आरोप छ ।

अमेरिकी सरकारले केही समयअघि ट्रम्पको चुनावी अभियानमा भएको साइबर आक्रमणमा पनि इरानकै हात रहेको जनाएको छ । दुवै पार्टीको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूका इमेल एकाउन्टमा पहुँच बढाउन लगातार प्रयास भएको विज्ञप्तिमा प्रष्ट पारेको छ ।

गत साता पूर्वराष्ट्रपति ट्रम्पले पनि आफ्नो अभियानसँग सम्बन्धित अनलाइन पूर्वाधारहरू ह्याक भएको खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस