८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले गरिबहरूलाई परिचयपत्र बाहेक अरू सुविधा दिन सक्दैन : मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरिबहरूका लागि अहिले परिचयपत्र बाहेक अरू सुविधा दिन सक्ने अवस्था नरहेको बताएका छन् । 

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयले गरेको काम र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले १३ जिल्लाका गरिबलाई परिचयपत्र दिन बाँकी रहेको बताए । 

मन्त्री अधिकारीले भने, ‘गरिबी निवारणका लागि अहिले हामीले गर्ने काम भनेको परिचय पत्र दिने मात्रै हो । अब १३ जिल्लामा परिचय पत्र दिन बाँकी छ यो वर्षभित्र दिइसक्ने योजना छ ।’

यस्तै उनले सरकारी जग्गाको चाक्ला बन्दी गर्ने कि व्यक्तिगत जग्गालाई चाक्ला बन्दी गर्ने भन्नेमा समस्या रहेको बताए । जग्गा जमिन भए पनि काठमाडौँ बाहिरबाट आएर सुकुम्वासी हुने समस्या रहेको र डिजिटल माध्यमबाट पत्ता लगाउन सकिने बताए । उनले ५३ जिल्लामा नापी कार्यालय डिजिटल प्रविधिमा गएको बताए । 

उनले भूमि ऐन २०७६ अनुसार सुकुम्वासी समस्या समाधान गर्न समस्या रहेको, जग्गा प्राप्तिमा बनले रोक्ने भएकोले एकीकृत ऐन ल्याउन आवश्यक रहेको बताए ।  यस्तै नापी सम्बन्धी ऐन र भूमि सम्बन्धी ऐनको पनि एकीकरण गर्न आवश्यक रहेकोले त्यसको गृहकार्य भइरहेको बताए । 

यस्तै संघ सरकारले सहकारी संस्था नियमन गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । संघ अन्तरगत १४५ वटा मात्र सहकारी संस्था, प्रदेश अन्तरगत ३ हजार हाराहारी र बाँकी सहकारीहरू स्थानीय तहले हेर्ने अवस्था रहेको बताए । 

२०५२ सालमा बनेको सुकुम्वासी समाधान सम्बन्धी आयोग शक्तिशाली रहेको र त्यसयता बनेका आयोगहरू जागिर खुवाउन मात्रै बनाएको बताए । यो पटक परिष्कृत ढंगलेले आयोग बनाउन खोजिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस