२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसिया पढ्न जान लागेका विद्यार्थीलाई अभिभावकको प्रतिविद्धताविना अनुमति पत्र नदिइने

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन् ।

बिहीबार सिंहदरवारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन् ।

रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो ।

मन्त्री भट्टराईले रसियामा दुईदेखि ६ बर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको धारणा राखिन् । उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन् । अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाई छ ।

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनल बताए । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए । मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।