२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा भएको कार्यालयमा नजाने कर्मचारीहरूको सूची तयार गरिँदै, तत्काल रमाना लिन निर्देशन

अ+ अ-

काठमाडौँ । सरुवा भएको कार्यालयमा हाजिर नहुने कर्मचारीको सूची तयार गरिँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको कार्यालयमा हाजिर हुन नजाने कर्मचारीहरूको सूची तयार गरी तत्काल रमाना दिन लागेको हो ।

आफू अनुकूलको ठाउँमा सरुवा नभएपछि अटेरी गर्दै सरुवा सच्याउन लागेका कर्मचारीको सूची तयार गरी रमाना दिन लागिएको मन्त्रालयले जनाएको छ । जसको जहाँ सरुवा भएको छ, यथाशीघ्र रमाना लिनु भन्ने सचिवज्यूबाट निर्देशन भएको छ मन्त्रालयका सहसचिव एवं प्रवक्ता काली प्रसाद पराजुलीले भने ।

कतिपय ठाउँमा कर्मचारी नै नहुँदा सेवा प्रवाह रोकिने र कतिपय निकायमा कर्मचारी डम्प गरेर बसेको भन्ने गुनासोपछि मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई सम्बन्धित ठाउँमा कडाइका साथ खटाउन थालेको हो ।

त्यसो त कर्मचारीहरूको सरुवा पनि त्यसैगरी गरिँदा कर्मचारीहरूमा असन्तुष्टि पनि बढ्दै गएको देखिन्छ । सामान्य प्रशासन मन्त्रालयले निश्चित मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने भन्दा पनि अनुहार हेरेर र स्वार्थका आधारमा कर्मचारीहरूको सरुवा गरिदिँदा समस्या उत्पन्न हुँदै आएको छ । जसले जसको शक्ति उसको भक्तिलाई त बढावा दिएको छ नै चलखेल तथा अनियमिततालाईसमेत प्रशय दिएको स्वयं सरकारी अधिकारीहरू नै बताउँदै आएका छन् ।

पछिल्लो समय सामान्य प्रशासनको प्रशासनिक संयन्त्र निकै कमजोर बनेको गुनासो कर्मचारीहरूले गरेका छन् ।