९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरेका थिए । सो क्रममा गृह सचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे ।

गृह सचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्य योजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्य योजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्य योजना २०८०/८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका थिए ।

त्यस अवसरमा गृह सचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानुन कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको बताए । उनले प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्ग निर्देशन प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

सो अवसरमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सङ्गठन संरचना, मानव स्रोत तथा स्रोतसाधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, चुनौती, भावी योजना, प्रहरी सङ्गठनले मन्त्रालयसँग गरेको अपेक्षालगायत विषयमा प्रस्तुतीकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस