९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख प्रकरणमा समर्थन जनाउन जनमत पार्टीले राख्यो सर्त

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरूलाई संघीय र लुम्बिनी सरकारमा समावेश गराए उपसभामुख हटाउन साथ दिन सकिने बताएका छन् ।

सत्ता गठबन्धनका प्रमुख दुई दल काँग्रेस र एमाले उपसभामुख रानामगरलाई पदमुक्त गर्न तयारी गरिरहेका छन् । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा पनि उपसभामुखबारे छलफल भएको थियो । त्यस क्रममा आफूले पार्टीको धारणा राखेको उपाध्यक्ष खानले बताए ।

उपसभामुख रानामगरलाई पद अनुकुलको आचरण नगरेको भनेर हटाउन प्रतिनिधि सभाका २७५ सांसदको दुई तिहाइ अर्थात् १८३ सांसदको आवश्यक पर्दछ । सत्तारुढ दलमा काँग्रेस (८८), एमाले (७७), जसपा (७ अशोक राई पक्ष), लोसपा (४) र नागरिक उन्मुक्ति (४)का सांसद संख्या १८० छ । ६ सांसद रहेको जनमतले उपसभामुख हटाउन मत दिँदा दुई तिहाइ सहजै पुग्छ ।

जनमतले यो प्रकरणमा काँग्रेस र एमाले नै स्पष्ट नरहेको बताए । उपसभामुखलाई स्पष्टीकरणको मौका दिएर मात्रै संसदीय प्रक्रियामा जानुपर्नेमा त्यो बाटोमा काँग्रेस एमाले नगएको जनमत पार्टीको भनाइ छ ।

पार्टी अध्यक्ष सीके राउतले बुधबार एक कार्यक्रममा उपसभामुख रानामगरलाई हटाउने कुरा गलत नियतका साथ आएको बताएका थिए । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीले आफ्नो बहुमत पुर्‍याउन उपसभामुख हटाउन खोजेको आशंका उनले गरेका थिए ।

संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्ट्याटस अफ वुमेन’ को ६७ औँ सत्रमा भाग लिन २०२३ को फेब्रअरीमा अमेरिका जाँदा उपसभामुख रानामगरले चार पुरुष र एक महिलालाई आफूसँग लाने गरी अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् ।

उपसभामुख रानामगरले त्यसबेला लेखेको पत्र गत साउनको पहिलो साता सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस