७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा काँग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा काँग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको बताएका हुन् । आफूहरूले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरूलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको बताए ।

संसदीय छानबिन समितिले आफूहरूले उठाएका सबै विषय सत्य पुष्टि गरेको थापाले बताए । संसदीय समितिले गोर्खा मिडियाले ४/५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रूपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीवी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थापाले बताए ।

तर अहिले रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे ।संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको थापाले बताए । अहिले रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको उनले टिप्पणी गरे ।

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए । काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस