काठमाडौँ। लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात भएको छ। मंगलबार निर्माण व्यवसायीहरूले कोषका पदाधिकारीमाथि हातपात गरेका हुन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्यक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमण गरेको स्रोतले बताएको छ । अहिले उक्त विषयमा सरोकारवालबीच छलफल भइरहेको बताइएको छ ।