२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा परेका पर्यटकहरूको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाइने

अ+ अ-

काठमाडौँ । पर्यटन विभागले अविरल वर्षाको कारण विपदमा परेका पर्यटकहरूको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको संयोजकत्वमा आज बसेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले उद्धार कार्यलाई तीव्रता दिनका लागि विभिन्न सुधारात्मक निर्णयहरू गरेको हो।

बैठकले विशेष गरी उद्धार उडानको अनुमति प्राप्त गर्ने प्रक्रियामा लामो समय लाग्ने समस्या रहेको उल्लेख गर्दै, यसलाई छोट्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ। साथै, निषेधित क्षेत्रको पुनरावलोकन गर्न पनि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

विपदमा परेका पर्यटकहरूको तत्काल उद्धार गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनहरूलाई समन्वय गर्न आग्रह गरिएको महानिर्देशक डा. रेग्मीले प्रशासनलाई बताए । साथै, उद्धार गरिएका पर्यटकहरूको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकहरूको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान अनुमति तुरुन्तै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल पर्वतारोहण संघको नेतृत्वमा यी क्षेत्रमा रहेका पर्यटकहरूको तत्काल अनुगमन गर्न टोली खटाउने निर्णय पनि गरिएको निर्देशक राकेश गुरुङले जनाएका छन् ।