२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारको उजुरी पर्नेमा पोखरा महानगरपालिका सबैभन्दा अगाडि, दोस्रोमा काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौँ । भ्रष्टाचारको उजुरी पर्नेमा देशभरका स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा अगाडि देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष परेको भ्रष्टाचारसम्बन्धी उजुरीमा देशभरको स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा अगाडि रहेको हो ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औँ वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले आयोग र आयोगका कार्यालयमा दर्ता भएको स्थानीय तह विरुद्धका उजुरीमध्ये पोखरा महानगरपालिका (कास्की) सबैभन्दा अगाडि र दोस्रोमा काठमाडौँ महानगरपालिका रहेको जानकारी दिए ।

प्रदेशगत तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको छ । उनले भने, ‘देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भए पनि स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको छ । पोखरा महानगरविरुद्धको मात्रै गत वर्ष ३ सय ५९ उजुरीमाथि अनुसन्धान भएको छ ।’

प्रमुख तामाङले आर्थिक वर्ष २०८०/८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरू प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिए । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको बताए ।

आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फर्छ्यौट भएको तामाङले जानकारी दिए ।