काठमाडौँ । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब सरकारले कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय पनि भएको एक मन्त्रीले प्रशासनलाई जानकारी गराएका छन् । यसबाहेक थप विषयहरूबारे प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी रहेको ती मन्त्रीले बताए ।