काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिको सचिवालयले आज एक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको हो ।
यसअघि सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने सचिवालयलाई निर्देशन दिएको थियो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो ।
