२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरूमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताएका छन् । 

ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात् आयोजित ब्रीफिंगमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए। “यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई भने । 

“इजरायलमा मंगलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरू के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्” उनले भने। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमणहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो ।

राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ । यसैबीच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लागेका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधालाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उद्धृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गरेका छन् ।