२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल-हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

अ+ अ-

काठमाडौँ । इजरायल-हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्ध विराम गरिनुपर्ने बताएका छन् ।

गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उनले बताए । उनले युद्ध विरामको विकल्प नरहेको बताए । प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक वर्ष पुग्नुभन्दा एक दिन अगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेखेका छन्, “यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ।”

“इजरायल र मध्यपूर्व हाम्रो देशको इतिहासबाट अविभाज्य मात्र होइनन्। उनीहरूको हाम्रो बहुसांस्कृतिक समाजसँग गहिरो सम्बन्ध छ”, स्टार्मरले भने, “लाखौँको यस क्षेत्रसँग पारिवारिक सम्बन्ध छ।” अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी गर्दै आएको छ ।

पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ ।

स्टार्मरले ‘इरानी आक्रमणको सामना गर्न बेलायत इजरायलको साथमा उभिने’ बताए पनि उनले ‘अर्को पुस्तालाई आघात, अनाथ र विस्थापित गरेर राम्रो भविष्यको सुनिश्चितता नहुने बताए । “अक्टोबर ७ को आक्रमणको वर्षगाँठले हामीलाई राजनीतिक असफलताको मूल्यको सम्झना दिलाउनुपर्छ”, उनले भने, “ठूलो अस्थिरतामा कुनै सुरक्षा फेला पर्नेछैन।” गत वर्ष हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो।

इजरायलले गाजामा हमासविरूद्ध चलाएको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुवै पक्षको आक्रमणमा ज्यान गुमाएका व्यक्तिमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमासको आक्रमणको एक वर्षको पूर्वसन्ध्यामा लन्डनलगायत विश्वभरि युद्ध विराम गर्न दबाब दिन विश्वका अधिकांश प्रमुख सहरहरूमा प्रदर्शन गरिएको छ । पछिल्लो एक वर्षमा बेलायतमा यहुदी र मुस्लिम समुदायविरुद्ध ‘घृणित हिंसा’ बढेको भन्दै स्टार्मरले भने, “हाम्रो भिन्नता र विविधताले हामीलाई अलग्याउने होइन अझ बलियोसँग बाँधेर राख्नुपर्छ ।”

बेलायतस्थित धार्मिक सङ्घसंस्था तथा तीनका नेताहरूले पनि आइतबार सन् २०२४ को अगस्ट ७ ९आक्रमणको एक वर्ष पुगेको दिन० जनताका लागि ‘सबै प्रकारका पूर्वाग्रह र घृणा’ लाई अस्वीकार गर्ने अवसर हुनुपर्ने बताएका छन्।

क्यान्टरबरीका आर्कबिशप जस्टिन वेल्बी, प्रमुख रब्बी एप्रैम मिरविस र मस्जिद र इमामहरूको राष्ट्रिय सल्लाहकार बोर्डका अध्यक्ष इमाम कारी असिमले एक संयुक्त पत्र लेख्दै भनेका छन् कि उनीहरू ‘सर्वसाधारण इजरायली र गाजाबासीको दुःखलाई अन्त्य गर्न ऐक्यबद्ध छन्।

संयुक्त पत्रमा भनिएको छ, “यो चुनौतीपूर्ण समयमा हामीलाई विभाजन गर्न खोज्नेहरूलाई पनि हामीले अस्वीकार गर्नुपर्छ । यहुदी विरोधी घृणा र मुस्लिम विरोधी घृणाको आज बेलायतमा कुनै स्थान छैन।”
जर्मनी गाजा युद्धको सोमबार एक वर्ष पुग्ने र यसको पूर्वसन्ध्यामा आइतबार फेरि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युद्ध विरामको आह्वान गरेका छन् ।

“दुर्भाग्यवश, इजरायलमा हमासले गरेको आतङ्ककारी आक्रमणको यो पहिलो वर्षगाँठमा मध्यपूर्वमा शान्ति वा मेलमिलाप पहिलेभन्दा धेरै टाढा देखिन्छ,” स्कोल्जले एक भिडियो सन्देशमा भने ।
जर्मन सरकारले युद्ध विरामका लागि निरन्तर वकालत गरिरहेको छ । उनले भने, “द्वन्द्वरत पक्षले अब अरू ढिला गर्नुहुन्न युद्ध विरामको घोषणा गरिहाल्नुपर्छ ताकि गाजा पट्टीमा नागरिक जनसङ्ख्यालाई अझ राम्रो संरक्षण गर्न सकियोस् र निःसन्देह, अझ राम्रो हेरचाह गर्न सकियोस् र इजरायली बन्धकहरूलाई रिहा गर्न सकियोस्।”

फ्रान्स
यसअघि, शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई गाजामा प्रयोग गर्नका लागि हतियार वितरणमा रोक लगाउन आह्वान गरेका थिए । म्याक्रोँले लेबनानमा स्थल कारबाहीका लागि नेतन्याहूले सेना पठाउने निर्णयको पनि आलोचना गरेका थिए ।

म्याक्रोंले फ्रान्सेली प्रसारक फ्रान्स इन्टरसँग भने, “मलाई लाग्छ आजको प्राथमिकता भनेको हामी राजनीतिक समाधानमा फर्कनु हो र हामीले गाजामा लड्नका लागि हतियार आपूर्ति गर्न बन्द गर्छौँ।” युद्ध विरामका लागि पटक-पटक आह्वान गरिए पनि गाजामा जारी द्वन्द्वप्रति म्याक्रोँले चिन्ता व्यक्त गरेका छन् । उनले भने, “मलाई लाग्छ हाम्रो कुरा सुनिएको छैन । मलाई लाग्छ यो इजरायलको सुरक्षासहित गल्ती हो। युद्धले ‘घृणा’ निम्त्याइरहेको छ।

इजरायल
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेका छन्, “इजरायलले इरानको नेतृत्वमा बर्बरताविरुद्ध लडिरहेको अवस्थामा सबै सभ्य देशहरू इजरायलको पक्षमा दृढताका साथ उभिनुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति म्याक्रोँ र अन्य पश्चिमा नेताहरूले अहिले इजरायलविरुद्ध हतियार प्रतिबन्धको माग गरिरहेका छन् । यो निर्णयले उनीहरूलाई लज्जित पार्नेछ।” इजरायलले इरान समर्थित समूहविरुद्ध विभिन्न मोर्चामा युद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ ।