९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टले भने-मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली ,नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ठुलो विकास निर्माणमा परियोजना एमालेबाटै सुरु भएको र त्यसलाई एमालेले नै पुरा गर्ने बताए ।

‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ ’ उनले भने, ‘हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले जनतामा आसा जगाउने थुप्रै कामहरू गरिरहेको बताएका थिए । उनले विपदमा परेकाहरूको विषयमा सरकार गम्भीर रहेको र उनीहरूको लागि राहत प्याकेज समेत ल्याएको बताए ।

शिथिल भएको अर्थतन्त्र तङ्ग्रिँदै गएको, विकास निर्माणले गति पाएको भन्दै मन्त्री भण्डारीले सरकार सुशासन, संवृद्धि र विकासमा केन्द्रित रहेको बताए ।।

एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले पार्टीको नीति र विधि अनुसार नेता कार्यकर्ताअघि बढ्नु पर्ने बताएका थिए । उनले शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने प्रतिज्ञा सबैले गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस