काठमाडौँ । कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा लिइन्छ । कर्मचारीहरूले भित्री रूपमा चाहेनन् भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्त्वपूर्ण भूमिका रहने नेकपा एमालेकी सांसद बिजुला रायमाझी बताउँछिन् ।
‘कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन्’, उनी भन्छिन्, ‘पछिल्लो समय कर्मचारीहरूमा सुधार आएको छ ।’ कर्मचारीले सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्ने उनको भनाइ छ । संसदीय भूमिका र कर्मचारी प्रशासनसँग सम्बन्धित रहेर नेकपा एमालेकी सांसद बिजुला रायमाझीसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
सकेसम्म जनताका बोली बोल्ने, जनजीविकाका समस्याहरूलाई उठान गर्ने र कानून निर्माणमा अधिकतम प्रयत्न गर्ने प्रतिनिधि पात्रको कर्तव्यको रूपमा आफ्नो उपस्थितिलाई लिएको छु ।
कस्ता विषयवस्तुलाई प्राथमिकतामा राख्नु हुन्छ ?
वर्गीय आन्दोलनको प्रतिनिधिको रूपमा संसदमा पुगेको हुनाले समग्र नेपाली महिलाहरू, मजदुरहरू, किसानलगायतका समस्याहरू प्राथमिकतामा रहन्छन् । कहिलेकाहीँ जिल्लासँग सम्बन्धित समस्या पनि उठाउने गरेकी छु । प्रायः गरेर साझा मुद्दालाई नै प्राथमिकता दिएकी हुन्छु ।
सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
पहिलो पटक सांसदको रूपमा भूमिका निर्वाह गर्दैछु । भूमिकालाई लिएर असन्तुष्टि हुनैपर्ने र पूर्ण सन्तुष्टि छु भन्नै पर्ने अवस्था छैन । संसदमा कुरा उठान गर्न हामीलाई तीन किसिमका समय उपलब्ध हुन्छन् । त्यो समयलाई अधिकतम प्रयोग गर्ने प्रयत्न गरिरहेकी छु ।
विधेयकमाथिको छलफलमा पनि जुन कामको लागि म आएको हो त्यो काममा केन्द्रित हुनुपर्छ भनेर अत्यन्तै सजक छु । संसदमा भूमिका निर्वाह गर्ने समय अझै पनि बाँकी रहेकोले त्यो अवधिसम्म आफ्नो कर्तव्य पुरा गर्दै जाँदा सन्तुष्टि मिल्न सक्छ ।
आफूले चाहेका सबै काम सफल हुन पनि सक्छन् नहुन पनि सक्छन् । तर, जनताका समस्या निरन्तर उठाइ रहनुपर्छ भन्ने कुरामा म सजक छु ।
संसदमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
सम्बोधन भएका छन् । संसदमा उठाएका विषयहरू ठ्याक्कै आजको भोलि नै सम्बोधन नहुन पनि सक्छन् । कतिपय कुराहरू आजको भोलि नै सम्बोधन भए भनेर प्रत्यक्ष नदेखिन पनि सक्छन् । तर, सम्बोधन भएन भनेर कुरा उठाउन छोड्नु हुँदैन ।
सदनमा निरन्तररुपमा विभिन्न खालका प्रस्तुति हुन्छन् । आफ्नो दललाई माथि पुर्याउनका निम्ति दलको पक्षका बोल्ने कुरा हुन्छन् । व्यक्तिको पक्षमा बोल्ने कुरा हुन्छन् । आमजनताका विषय पनि हुन्छन् । त्यहाँ उठान गरेका विषयहरू तत्कालै सम्बोधन नभए पनि सरकारलाई दबाब दिने काम हुन्छ ।
आफूले बोलेका विषयहरू सम्बोधन भए पनि नभए पनि जनताले पठाएका प्रतिनिधिहरूले जनताका आवाज उठाउन छोड्नु हुँदैन ।
सांसदको काम विकास गर्ने कि कानून बनाउने ? बके भन्नु हुन्छ ?
वास्तवमा संघीय सांसदको काम विधायिकी नै हो, कानून बनाउने नै हो । सदनमा प्रस्तुत भएका विधेयकमाथि सजक र सचेत भएर छलफलमा भाग लिने, संशोधन हाल्ने, आफ्ना विचार तथा विषयहरूमा अडानमा रहनुपर्ने हो ।
भूमिकाले कानून निर्माण नै हो । तर, जनताले विकासको पनि अपेक्षा गर्दछन् । प्रक्रिया बुझेकाले कानून निर्माण गर्ने थलोमा कत्तिको पहल कदमी लिएको छ भन्ने विषयलाई हेर्छन् भने आमजनताले विकास निर्माणसँगै टोल बस्तीका समस्यासँग पनि जोडिनु पर्छ भन्ने अपेक्षा राख्दछन् ।
खास गरी योजनासँग मात्रै जोडेर हेर्ने वर्ग पनि छ । त्यसरी हेरिनु हुँदैन । विकास निर्माणका लागि तीन तहका सरकार छन् । उनीहरूले पनि काम गर्दछन् ।
संघीय सांसद भनेको विधायिका नै हो र कानून निर्माणमा नै केन्द्रित हुनुपर्छ । नेपालको परिस्थिति र जनताको बुझाईले गर्दा विकास निर्माणसँग पनि जोडिनुपर्ने बाध्यता छ । जनताको प्रतिनिधि भएको हुनाले स्वतः जनजीविका र विकास निर्माणका कुरामा पनि जोडिनु पर्छ ।
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीतन्त्रलाई स्थायी सरकारको रूपमा लिइन्छ । निर्वाचनबाट आउने सरकार क्षणिक सरकार हो । अझै नेपालको राजनीतिक परिस्थिति हेर्दा धेरै वर्षदेखि स्थायी सरकार हुन सकेको छैन ।
कर्मचारी प्रशासनले नै देश चलाएको छ । बाहिर नेपालको सरकार प्रशासनिक हिसाबले कर्मचारीतन्त्रबाटै चलेको छ भन्ने पनि गरिन्छ । जनताप्रतिको सेवा र जनताका समस्याहरूलाई छिटो छरितो सुल्झाउनका निम्ति राजनीतिज्ञको भन्दा कर्मचारीको भूमिका ठूलो छ ।
कतिपय अवस्थामा कर्मचारीतन्त्रले भित्री रूपमा चाहेन भने जनप्रतिनिधिहरू पनि सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउने भनेको कर्मचारीतन्त्र र एउटा संरचना नै हो । अहिलेसम्म यही कुरा नै देखिएको छ ।
कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन् । पछिल्लो समय कर्मचारीहरूमा धेरै सुधार आएको छ । जनतालाई अलमलाउने, काममा ढिलासुस्ती गर्ने जस्ता कुरामा कमी आएको छ । केही व्यक्तिगत प्रवृत्तिका कारण अझै पनि केही कुरामा अल्झन हुन सक्छन् । अझै पनि पूर्णरुपमा जनता सन्तुष्ट हुन बाँकी रहेको हुनाले सुधार गर्नुपर्ने धेरै बाँकी छ ।
कर्मचारीतन्त्रमा तपाईँले देख्नु भएका मुख्य समस्या के हुन् ?
कर्मचारीसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ हुँदा केही समस्याहरू देखिएका छन् । संघीय संरचनाअनुसार कर्मचारी ऐन नहुँदा पुरानो राज्यसत्ताका आधारमा नै कर्मचारीतन्त्र चल्दा कर्मचारीहरूलाई अलमलमा पारेको छ । अधिकार प्रत्यायोजन गर्ने कुरामा पनि समस्या देखिएको छ ।
छलफलको क्रममा रहेको निजामती ऐन जारी भयो भने यसले पनि कर्मचारीतन्त्रमा देखिएका धेरै समस्याहरू समाधान गर्नेछ । केही कर्मचारीहरूमा आफ्नो भूमिका निर्वाह गर्ने भन्दा पनि रोजेको ठाउँमा सरुवा बढुवाका लागि समय र दिमाग खर्च गरेको, दौडधुप गर्ने गरेको पाइन्छ । सिस्टमबाट फाइल अघि बढेर मर्यादित ढंगबाट भन्दा पनि भनसुनको आधारमा भनेको स्थानमा सरुवा हुनका निम्ति केन्द्रित भएको जस्तो देखिन्छ ।
म त्यहाँ गएर के गर्न सक्छु भन्दा पनि म त्यहाँ गए भने कति कमाई हुन्छ भन्नेमा बढी ध्यान दिएको पाइन्छ ।
सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?
कर्मचारीमा मैले जनताको करबाट तलब खाएको छु र म जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने भावना हुनुपर्छ । सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्छ ।
कर्मचारीमाथि जनताको भरोसा छ र हामीले जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने कर्मचारीमा हुनुपर्छ ।
राजनीतिक उथलपुथल भए पनि, सरकार बने पनि नबने पनि कर्मचारीतन्त्र स्थायी सरकार हो र त्यो अनुसार नै कर्मचारीतन्त्र चल्नुपर्छ जिम्मेवार बन्नुपर्छ ।
सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
सांसदसँग नागरिकको प्रमुख अपेक्षा रोजगारीसँग सम्बन्धित रहन्छ । हामीले भोट दिएर जिताएर पठाएपछि हाम्रा समस्या हल हुनुपर्छ भन्ने नागरिकको अपेक्षा हुन्छ ।
सांसदहरुले चाह्यो भने वा सांसदहरुले भन्यो भने जुन कुनै समस्याको पनि समाधान हुन्छ, काम बन्छ भन्ने मनोविज्ञान छ जनतामा । जनताको प्रतिनिधि भएपछि जनताका सबै काम सांसदले गर्न सक्नु पर्छ भन्नेहरू पनि छन् ।
सबै कुरा विकास र बजेटसँग जोड्ने गरिन्छ । बजेट ल्यायो भने राम्रो रोल खेलेको भन्ने बुझाई पनि छ । बजेट पायो भने जनताको नजरमा छिटो मूल्यांकन हुने पनि देखिएको छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
दसैँ, तिहार र छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । बाढी पहिरोबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
चाडपर्व मनाउने नाममा फजुल खर्च गर्नुको साटो बाढी पहिरो प्रभावितहरूलाई सहयोग गर्न अपिल गर्दछु । प्राकृतिक विपद् जुनकुनै ठाउँमा पनि आउन सक्छ त्यसैले विपदमा परेकाहरूलाई सहयोग गर्नुपर्छ ।
सम्बन्धित समाचार : कर्मचारीहरू कलम चोप्न डराएका छन्, यो त्रास हटाउनु पर्छ : सांसद थापा
सम्बन्धित समाचार : भ्रष्टाचार व्याप्त भएकाले कर्मचारीलाई पत्याउनै सक्ने अवस्था छैन : सांसद यादव
सम्बन्धित समाचार : कर्मचारीतन्त्र राम्रो हुन नसक्नुमा राजनीतिक पार्टी पनि दोषी छन् : सांसद यादव
सम्बन्धित समाचार : राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन : सांसद बजगाईँ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र सुधार नगर्ने हो भने संघीयताको मर्म पूरा गर्न कठिन छ : सांसद कार्की
सम्बन्धित समाचार : सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा
सम्बन्धित समाचार : नयाँ मन्त्री आएसँगै सचिव फेर्नुपर्ने यो कस्तो सोच हो ? : सांसद गुरुङ
सम्बन्धित समाचारः प्रशासनिक संघीयता कार्यान्वयनका लागि नेतृत्वले चासो देखाएन : सांसद घर्ती
सम्बन्धित समाचारः राजनीतिक अस्थिरताको फाइदा कर्मचारीहरूले उठाई रहेका छन् : सांसद यादव
सम्बन्धित समाचारः दरबन्दी अनुसारकै कर्मचारी पठाउने र खटाएको ठाउँमै जाने थिति बसाल्छु : मन्त्री गुप्ता
सम्बन्धित समाचारः देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही
सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
सम्बन्धित समाचार : नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम