९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरलाग्दो र विश्वासिलो भएकै कारण सेनालाई जिम्मेवारी दिइएको रक्षा मन्त्री राईको दाबी, यस्ता छन् सय दिने उपलब्धिहरू

अ+ अ-

काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले आफ्नो कार्यकालको सय दिन पूरा गरेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो मन्त्रालयको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्। मन्त्री राईले नेपाली सेनाको भूमिका र महत्त्वबारे चर्चा गर्दै, नेपाली सेनालाई जिम्मेवारी दिने कारण सेनाको भरपर्दो र विश्वासिलो छवि रहेको बताए।

मन्त्री राईका अनुसार, नेपाल निर्माणको प्रारम्भदेखि नै नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ र वर्तमान सरकार सेनाको भूमिकालाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको छ। उनले भने,’नेपाली सेनालाई विवादमा तान्नुभन्दा पनि उसको भरलाग्दो छविका कारण नै उसलाई जिम्मेवारी दिइने गरिएको हो।’ उनले सरकार सेनालाई अप्ठ्यारोमा पार्ने उद्देश्य नराखेको स्पष्ट पारे।

रक्षा मन्त्रीले महाकाली कोरिडोर निर्माणको योजनालाई उच्च प्राथमिकता दिइएको जानकारी गराउँदै यस परियोजनामा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपाल–भारत सीमासँग सम्बन्धित लिपुलेक क्षेत्रमा अवस्थित कर्णाली कोरिडोरको कार्यसम्पादनमा बजेटको अभावले केही ढिलाइ भएको स्वीकार गरे। मन्त्री राईले भने, ‘आगामी बजेटमा आवश्यक स्रोतसाधन जुटाएर कोरिडोरको निर्माण कार्यलाई तीव्रता दिइनेछ।’

मन्त्री राईले सरकारले नेपालको भूगोललाई सम्बोधन गर्दै दुर्गम स्थानसम्म सडक र अन्य आधारभूत सुविधाहरू पुर्‍याउन सेनाको सहयोगमा कार्य अघि बढाइरहेको जानकारी दिए। उनले भने,’जहाँ नेपाली जनता छन्, त्यहाँ सुविधा पुर्‍याउने सरकारको पहिलो प्राथमिकता हो, र यसमा सेनाको सहयोग महत्त्वपूर्ण रहन्छ।’

सय दिनको कार्यकालमा सेनासँग सहकार्य गर्दै महत्वपूर्ण परियोजनाहरू अघि बढेको उल्लेख गर्दै, मन्त्री राईले आगामी दिनमा थप सुधार र विकास कार्यमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनको क्रममा, मन्त्री राईले सेनालाई विवादित बनाउने प्रयास सरकारको नीति नभएको पुनः दोहोर्‍याए। सेनाको विश्वसनीयता र निष्ठालाई सरकारको सबैभन्दा ठूलो समर्थन रहेको र यसलाई अझ मजबुत बनाउन विभिन्न योजनाहरू अघि बढाइएको जानकारी उनले दिए।

सय दिने उपलब्धिहरू :

प्रतिक्रिया दिनुहोस