२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ ।

दसैँमा भत्ता नपाएका उनीहरूलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलब्ध गराएको हो ।

वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैंक पुगेर बुझ्नु परेको गुनासो गरेका छन् । शुक्लाफाँटा-८ का ८० वर्षीय विरु साउदले बैंकमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गरे ।
“तीन सय रुपैंया अटो भाडा तिरेर बैंकमा पुग्यौँ,” उनले भने, “निकै भीड हुँदा लाइनमा बस्नु पर्‍यो, यस अघि वडा कार्यालयमा लाइनमा नबसीकनै भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।” भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैंकसम्म पुगेका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रूपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताए ।

“घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौँ भन्थे”, उनले भने, “केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।” सबै भन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपांगता भएका व्यक्तिहरूले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपांगता भएका व्यक्तिहरूलाई घरका सदस्यहरूले बोकेर भत्ता बुझ्नका लागि बैंकसम्म पुर्‍याएका छन् ।

वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैंकसम्म ल्याउनु परेको अपांगता भएका व्यक्तिहरूको भनाइ थियो । नगरपालिका-११ मा भने बैंकले टोल टोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरूले बैंकसम्म नै धाउनु परेको थियो । पूर्वनगर प्रमुख दिलबहादुर ऐरले मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पुर्‍याउनुपर्ने बताए ।

ज्येष्ठ नागरिकलाई सहज रूपमा सेवा सुविधा दिनुपर्ने भए पनि उल्टै सास्ती दिने कार्य क्षमायोग्य नरहेको उनको भनाइ छ । आफ्नो कार्यकालमा वडा वडा र टोल टोलमा पुगेर भत्ताको रकम दिने कार्य गरिएको उल्लेख गदै उनले ज्येष्ठ नागरिकलाई टाढाको बैंकसम्म पुर्‍याउने कार्य न्यायोचित नभएको बताए । नगरपालिकाका १२ वटै वडामा दुई वटा बैंकमार्फत सामाजिक सुरक्षा अन्तर्गतको भत्ताको रकम वितरणको कार्य हुँदै आएको थियो ।

हाल त्यही कार्य गर्ने जिम्मा नगरपालिकाले सम्झौता गरी नौ वटा बैंकलाई दिएको छ । जनशक्तिको अभावमा बैंकले वडामा पुगेर भत्ताको रकम दिन नसकिने बताएपछि ज्येष्ठ नागरिकले बैंकसम्म पुग्नु परेको नगरपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ ।

नगरपालिकाबाट ज्येष्ठ नागरिक (अन्य) दुई हजार छ सय २९, ज्येष्ठ नागरिक (दलित) तीन सय १६, एकल महिला तीन सय ३२, विधवा नौ सय ८४, पूर्ण अपांगता एक सय २३, अति अशक्त अपांगता दुई सय ६२, दलित बालबालिका पाँच सय २९ गरी पाँच हजार दुई सय ४५ जनाले भत्ताको रकम बुझ्दै आएका छन् ।