७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार 

अ+ अ-

काठमाडौँ । आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसम्मत भएका छन् ।

निर्वाचन विभागका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । केही ठाउँमा निर्णय हुन बाँकी भए पनि उम्मेदवार टुंगिसकेको बताइएको छ ।

विभागका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन बाँकी छ ।

एमालेले शनिबार बोलाएको सचिवालय बैठकबाट उपचुनावका उम्मेदवार टुंग्याउदैछ । तर तल्लो कमिटीबाट सर्व सहमतिबाट नाम आएकाले सचिवालयबाट उम्मेदवारहरू अनुमोदन मात्र हुने नेताहरूको भनाई छ ।

उपचुनावका लागि काठमाडौँ कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेको सूचना सार्वजनिक भइसकेको छ । मानन्धरको उम्मेदवारीबारे नगर कमिटी र जिल्ला कमिटीले सर्व सहमति गरिसकेको छ ।

मानन्धरकै जस्तो गरी पालिका र जिल्ला कमिटीबाट अरु उम्मेदवारहरू पनि टुंगिएको बताइएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।

यस्तै जाजरकोट नलसिंगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरा र बाजुरा स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढाको नाम टुंगिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार जना शाही र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

पालिका पदाधिकारीहरूसँगै ३४ जना वडाध्यक्षको उम्मेदवार पनि टुंगिएको छ । उनीहरूको नाम पालिका कमिटीले सर्व सहमति गरेको हो ।

सर्व सहमतिबाट आएको नामलाई शनिवारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस