काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै छ ।
मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतका अनुसार अहिले केही बेरमा प्रतिवेदन सार्वजनिक गर्न बैठक बसिरहेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत महसुल विवादबारे अध्ययन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।







