२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

अ+ अ-

बाजुरा । सुदूरपश्चिम प्रदेशका भूमि, कृषि तथा सहकारी विकासमन्त्री वीरबहादुर थापाले प्रदेश सरकार कृषिमा आत्मनिर्भर हुने गरी काम गरिरहेको बताएका छन् ।

आज कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्तरुपमा आयोजनमा कृषि बजार तथा कोल्ड च्याम्बर हस्तान्तरण कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धन र आधुनिक कृषितर्फ लैजाने गरी सरकारले निती तथा कार्यक्रम नै ल्याएको बताए ।

प्रदेशका पहाडी जिल्लामा कृषि क्षेत्रको सम्भावना रहेकाले सात जिल्लालाई पहिलो प्राथमिकतामा राखेको मन्त्री थापाले स्पष्ट पारे । उनले कृषि क्षेत्रको लगानी बढाएर कृषकलाई स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली र आधुनिक कृषिमा प्रवर्द्धन गर्ने गरी सरकारले नीति लिएको धारणा व्यक्त गरे ।

मन्त्री थापाले सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत नागरिक कृषि पेसामा संलग्न रहेकाले कृषिमा आबद्ध रहेको दाबी गरे । प्रदेश सरकारले कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकता राखेर काम गर्ने सरकार तयार रहेको उनको भनाइ छ ।

“कृषिमा लगानी गरेर उत्पादन गरिएको वस्तु सहज रुपमा बजारसम्म पुर्‍याउन र बजारमा पुगे बिक्री गर्न समस्या र बाँझो जमिन उपयोगमा नहुने नै मुख्य समस्या भएको हो”, उनले भने ।

पहाडी जिल्लामा बाझो रहेको जमिनलाई उपयोग गरी युवालाई स्वरोजगार बनाउने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको जिकिर थियो । कृषि बजार तथा कोल्ड च्याम्बर पालिका र जिल्लाभरिका कृषकहरुले उत्पादन गरेका रैथाने बाली र अन्य उत्पादनको व्यवस्थापन गर्ने गरी निर्माण गरिएको हो । नगरपालिकाको रु. १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको रु. ४१ लाख १९ हजार ९८४ गरी रु. ८५ लाख एक हजार ८४० को लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिए ।

उनले कृषि बजारमा कृषकले उत्पादन गरेर ल्याएका तरकारी तथा खाद्यान्न बाली बिक्री र उनीहरुलाई चिस्यान केन्द्र (कोल्ड स्टोर)मा राख्ने गरी खरिद बिक्रीको कार्य हुने बताए । कोल्ड स्टोर निर्माणपछि कृषकले उत्पादन गरेका फलफूल, तरकारी, रैथाने बालीको एकै ठाउँबाट बिक्री वितरणमा सहज हुने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

सो केन्द्र विसं २०७६ मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो । कृषि उपज संकलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख उपाध्यायले बताए ।

चिस्यान केन्द्रसहित कृषि हाट बजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।