काठमाडौँ । यही मङ्सिर ५ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज रक्षामन्त्रीसँग शिष्टाचार भेट गरेका छन् । जनरल द्विवेदीले आज रक्षा मन्त्रालयमा मन्त्री मानवीर राईसँग शिष्टाचार भेटघाट गरेका हुन् ।
भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले आज बिहान माउण्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन गरेका थिए । तत्पश्चात उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा उनलाई उक्त कलेजका विविध गतिविधिबारे जानकारी गराइनुका साथै उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए।