९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा संकटमा परेको अर्थतन्त्र सुधार गर्दैछौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र काँग्रेस मिलेर संकटमुक्त गर्ने अभियानमा लागेका बताएका छन् ।

एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई संकटबाट बाहिर निकाल्नेमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले भने, ‘अहिले केपी ओलीमाथि प्रहार भइरहेको छ । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई संकट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले संकटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने कुरा अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ ।’

सर्वोच्च अदालतको फैसलाबाट कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको उनले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको महासचिव पोखरेलले जिकिर गरे ।

उनले भने, ‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन, त्यो आलोचनाको निशानामा छ । यसअघिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन्, भुक्तानी गर्नुपर्ने छ भनेर दायित्व पनि राखेनन् ।’ देश बनाउन नेता मात्र होइन, जनता पनि लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले थपे, ‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नुपर्‍यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन । अहिले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको छ । त्यसलाई सुधार्न दुई ठुला दलले सरकार बनाएका छौँ । हामीले सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेछ ।’ नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस