७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

अ+ अ-

लुम्बिनी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताएकी छन् ।   

विश्वविद्यालयका सहकुलपति समेत रहेकी मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन् । 

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षतामा आधारित सिकाइ सिद्धान्तका आधारमा पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्न एवं शैक्षिक सुशासन र व्यवस्थापकीय जबाफदेहितामा सुधार गर्न जरुरी रहेको बताइन् । 

विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने, गुम्बा शिक्षा, बज्रयान, महायानअन्तर्गत अध्ययन गरेको ज्ञान सीपलाई विश्वविद्यालयको उपाधिसँग समकक्षता प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्न  निर्देशन दिँदै मन्त्री भट्टराईले बौद्ध धर्म, दर्शन, पाली र संस्कृत भाषामा विशिष्टता हासिल गरेका विज्ञ जनशक्तिसँग मिलेर काम गर्ने वातावरण विकास सिर्जना गर्नुपर्ने बताइन् ।

मन्त्री भट्टराईले नेपालको मौलिक राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवं विकास गर्दै सुखी, शान्त, सफल आदर्श र कल्याणकारी समाज निर्माण तथा बौद्ध दर्शनभित्र अन्तरनिहित विचारका माध्यमबाट छिमेकी राष्ट्रसँग सांस्कृतिक सम्बन्ध कायम गर्ने जिम्मेवारीलाई मूलमन्त्र ठानेर अघि बढ्न आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस