काठमाडौँ । स्थानीय तहमा रिक्त रहेका ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आइतबार सम्पन्न उपनिर्वाचन शान्ति पूर्णरुपमा सम्पन्न भएको छ ।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उनका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा सबैभन्दा बढी मत खसेको छ भने काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा सबैभन्दा कम मत खसेको छ ।
मतदान सकिएलगतै मतपेटिका ल्याउन सुरु गरिएको छ । कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका १६ को मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ । यी दुई ठाउँमा आजै मतगणना सुरु हुने जनाइएको छ ।